Find Us

Gaindakot-5, Nawalparasi

Contact us

078-590241

Recent Posts

Categories

विद्यार्थीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न

गैंडाकोट । नवलपुरको गैंडाकोट–५ मा रहेको जनक नमुना माध्यमिक विद्यालयमामा विद्यार्थीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको लागि जीवनको लक्ष्य निर्धारण, दैनिक जीवनशैली, पठनशैली, परीक्षालाई राम्रो गराउन अपनाउनुपर्ने उपायहरु लयागतका विषयमा राष्ट्रिय प्रशिक्षक वि.के ले प्रशिक्षण दिनुभएको थियो ।

करिब ५०० जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य चुडामणि शर्माले विद्यार्थीहरुमा सकारात्मक सोचको विकास गराई अनुशासित र उत्प्रेरित गर्नका लागि यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

नारायणी पार्टि प्यालेसको सभाहलमा आयोजना गरिएको कार्यक्रममा उपप्राचार्यहरु ,शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको समापन पछि सहभागि विद्यार्थीहरुले यस प्रकारको कार्यक्रम सञ्चालन गरेकोमा विद्यालयलाई धन्यवाद प्रकट गर्नुका साथै आगामि दिनमा यस किसिमको कार्यक्रमको आयोजना गर्ने विश्वास व्यक्त गरेका थिए ।