
जनक नमूना माध्यमि विद्यालयमा ६१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह २०७६ को अवसरमा गैंडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा जनक नमुना मा.वि.को संयोजनमा नगर स्तरीय अन्तर मा.वि. हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

गैंडाकोट नगरपालिकाका करिब २२ माध्यमिक विद्यालय मध्ये १६ विद्यालय सहभागि भएका थिए । दुइ चरणमा भएको प्रतियोगितामा पहिलो चरणबाट १० वटा सहभागि विद्यालय छनौट हुन सफल भएका थिए ।

प्रतियोगितामा सूर्य विनायक इङलिस सेकेन्डरी स्कूल प्रथम, बाल विकास इङलिस सेकेन्डरी स्कूल द्वितीय, जनक नमुना माध्यमिक विद्यालय तृतीय भएका थिए ।

कार्यक्रममा संयोजन विद्यालयका विद्यार्थीहरुले नृत्य प्रदर्शन गरेका थिए । विद्यालयका शिक्षक हिमाल देव पंगेनीले सञ्चालन गर्नुभएको कार्यक्रममा सह प्रधानाध्यापक मोनोज विष्टले क्वीज कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

गैंडाकोट नगरपालिकाका शाखा अधिकृत मोतीप्रसाद रिजाल लगाएका उपस्थिति रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चूडामणी शर्माले मन्तव्य राख्दै विद्यालयको बारेमा जानकारीका साथै सहभागि विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

