Find Us

Gaindakot-5, Nawalparasi

Contact us

078-590241

Recent Posts

Categories

भ्रष्टचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी सामुदायिक शिक्षा कार्यक्रम जनक मा.वि.मा सम्पन्न

गैंडाकोट । भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी सामायिक शिक्षा कार्यक्रम जनक नमुना माध्यमिक विद्यालयमा सोमबार सम्पन्न भएको छ ।

अख्तियार अनुसन्धान आयोग कार्यालय बुटवलको आयोजनामा विद्यालयको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा भ्रष्टाचार नियन्त्रण, सुशासन , भ्रष्टाचारको कारण, असर भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीहरुको भूमिका के ? भन्ने विषयमा जानकारी दिइएको थियो ।

विद्यालयका करिब १०० जना विद्यार्थी, शिक्षक र अभिभावकको उपस्थितिमा सम्पन्न कार्यक्रममा अख्तियार अनुसन्धान दुरुपयोग आयोगका बुटवल सचिव रमेश ढकालले कार्यपत्र प्रस्तुत गर्नु भएकोे थियो । उहाँले भ्रष्टाचार भनेको के हो ? यसको कारण, असर र निराकरणका उपायहरु लगायतका विषयमा जानकारी दिनुभएको थियो ।

सचिव रमेश ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैंडाकोट नगर शिक्षाशाखा प्रमुख उप–सचिव बालकृष्ण चापागाई प्रमुख अतिथि, विद्यालयका प्रधनाध्यापक चूडामणि शर्मा र शिक्षक अभिभावक संघका अध्यक्ष शंकर आचार्य विशेष अतिथि रहनु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि तथा विशेषअतिथिहरुले भ्रष्टाचार न्यूनिकरणका लागि यस्ता खालका सचेतनामूलक कार्यक्रमहरु नियमीत रुपमा सञ्चालन गर्नुपर्ने तथा भ्रष्टाचारलाई जरैदेखि निमुल पार्न सबैले पहल गर्नुपर्ने विषयमा जोड दिएका थिए ।

यसै गरी सहभागि विद्याथीहरु मध्येबाट कक्षा ९ मा अध्ययनरत छात्र सन्देश विक्रम विष्टले बाल मष्तिष्कमा भ्रष्टचारको बारेमा अन्योलको अवस्थालाई यस कार्यक्रमले प्रष्ट्याएको बताउँदै कार्यक्रमका आयोजकलाई धन्यवाद दिँदै यस्ता खालका कार्यक्रमहरुले निरन्तरता पाउनु पर्ने कुरामा जोड दिनुभएको विद्यालयका सह प्रधानाध्यापक नारायण तिमिल्सिनाले जानकारी दिनुभयो ।