Find Us

Gaindakot-5, Nawalparasi

Contact us

078-590241

Recent Posts

Categories

२२ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०७६ जनक माविमा मनाइयो ।

गैंडाकोट । जनक नमुना माध्यमि विद्यालयमा २२ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस मनाएको छ। विद्यालयलमा २०७६ बैशाख २६ गते लुजान युनिभरसिटि स्विटजरल्यान्डमा भुकम्प शिक्षामा पि एच डि अध्ययनरत छात्र शिव सुवेदीको विशेष पहलमा जडान गरिएको रहेको सिस्मोमिटरको कार्यप्रणालीका बारेमा विद्यार्थीहरुलाई जानकारी दिने तथा भुकम्पिय तरङ्गहरु प्रत्यक्ष अवलोकन गरिएको थियो ।

कार्यक्रममा सिस्मोमिटर सम्बन्धि जानकार शिक्षक नारायण तिमिल्सीनाले यसले कसरी कार्य गरिरहेको छ भन्ने बारेमा सहभागि विद्यार्थी तथा शिक्षकहरुलाई जानकारी दिनुभएको थियो ।

भुकम्पको पूर्व सूचना हुँदैन भुकम्प पश्चात मात्र यसका असरहरु देखिने र असरहरु अत्यन्त खतरनाक र विनासकारी र पिडादायि हुने भएकोले यसको असरलाई न्यूनिकरण गर्न पूर्वतयारी गर्नु पर्ने कुरामा विशेष जोड तथा विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो ।