Find Us

Gaindakot-5, Nawalparasi

Contact us

078-501112,590241

जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता जनक मा.वि लाई सान्त्वना

भिमसेन आदर्श नमुना माध्यामिक विद्यालयको ५०औँ बार्षिकोत्सव तथा स्वर्ण महोत्सवको अवसरमा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा जनक माध्यामिक विद्यालय गैंडाकोट, भिमसेन (ए) माध्यामिक विद्यालय,बालविकास माध्यामिक विद्यालय, रत्नराज्य माध्यामिक विद्यालय, नेपाल माध्यामिक विद्यालय, भिमसेन (वि) माध्यामिक विद्यालय, लक्ष्मी माध्यामिक विद्यालय, वरचुली माध्यामिक विद्यालयहरुको सहभागिता रहेको थियो । हाजिरजवाफ ८ राउण्ड सम्म खेलाईएको थियो जस्मा समसामाहिक घटनाक्रम, इतिहास, भुगोल सांस्कृति तथा भाषा राउण्ड, खेलकुद राउण्ड, साइन्स राउण्ड, मिक्स राउण्ड, र्यापीट फियर राउण्ड, फोटो राउण्ड, अडियो राउण्ड गरिएको थियो ।

आठ समुहको सहभागिता रहेको हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुने भिमसेन आदर्श माध्यामिक विद्यालय (वि), द्धितिय भिमसेन आदर्श माध्यामिक विद्यालय (ए), तृत्तिय रत्नराज्य माध्यामिक विद्यालय गैडाकोट, सान्तोना जनक नमुना माध्यामिक विद्यालय गैंडाकोट भएका छन् ।

सो प्रतियोगितामा विद्यालबाट कक्षा ९ मा अध्ययनरत सन्देश विक्रम विष्ठ, कक्षा १० मा अध्ययनरत निर्देश तिमिल्सिना र कृति गोतामेले सहभागिता जनाएका थिए ।