Find Us

Gaindakot-5, Nawalparasi

Contact us

078-590241

Recent Posts

Categories

वक्तृृत्वकला प्रतियोगितामा जनक माध्यमिक विद्यालय द्वितीय

गैंडाकोट । शाइनिङ इङ्लीस स्कुल गैडाकोटको अन्तर विधालय बक्तृत्वकला प्रतियोगितामा जनक मावि गैडाकोट ५ द्वितीय भएको छ । यस्तै सरस्वती निकेतन गैंडाकोट १ प्रथम, गैडाकोट नमुना मा.वि. गैडाकोट २ तृतीय र नेपाल समशेर आदर्श मा.वि. गैडाकोट १ सान्तवना भएको छ ।

प्राकृतिक प्रकोप र यसका असरहरु शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा १० वटा विधालयको सहभागिता रहेकोे थियो । प्रथम द्धितिय, तृतिय र सान्तवन हुन सफल विधालयलाई सिल्ड, मायाको चिनो र नगद प्रदान गरीएको थियो । विधालयको यही पौष आठ गते रजत जयन्ती मनाउने क्रममा साताव्यापी सन्चालन गरेको कार्यक्रम अन्तर्गत आइतबार अन्तरविधालय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरीएको विधालयका प्राचार्य लक्ष्मि प्रसाद दवाडीले बताउनु भएको छ ।

नेकपा गैडाकोट नगर समितिका अध्यक्ष षडानन्द लामिछानेको प्रमुख अतिथि रहनु भएको कार्यक्रममा विधालयका संस्थापक शिक्षिका सिता देवी अधिकारीको अध्यक्षता रहेको थियो भने जनक नमूना मा.वि का सह प्रधानाध्यापक मनोज विक्रम विष्ट, समाजसेवी मेघ बहादुर थापा लगायतले मन्तव्य ब्यक्त गर्नु भएको थियो ।