Find Us

Gaindakot-5, Nawalparasi

Contact us

078-590241

Recent Posts

Categories

भलिबल प्रतियोगितामा जनक प्रथम

गैंडाकोट। शाइनिङ आवसीय माध्यमिक विद्यालयको रजत महोत्सवको अवसरमा आयोजना गरिएको अन्तर विद्यालय शिक्षक कर्मचारी भलिबल प्रतियोगितामा जनक नमुना माध्यमिक विद्यालय प्रथम भएको छ ।

शुक्रबार शुरु भएको सो प्रतियोगितामा शाइनिङ आवसीय माध्यमिक विद्यालयलाई सोझो सेटमा पराजित गर्दै आफ्नो जीत पक्का गरेको हो । गैंडाकोट नगरपालिका भित्रका एक दर्जन विद्यालयहरुका शिक्षक र कर्मचारीहरुको सहभागितामा भएको सो प्रतियोगितामा आयोजक शाइनिङ आवसीय माध्यमिक विद्यालय द्धितीय र नमुना आवसीय माध्यमिक विद्यालय तृतीय भएका थिए ।

यसैविच सो प्रतियोगिताको समापन कार्यक्रम विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष प्रेम अधिकारीको अध्यक्षता र जनक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक चूडामणि शर्माको प्रमुख आतिथ्यतामा भएको थियो । सो कार्यक्रममा प्रतियोगितामा प्रथम , द्धितीय र तृतीय हुने विद्यालयहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

सो अवसरमा कार्यक्रममा प्रमुख अतिथि जनक नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक चूडामणि शर्माले विद्यालयले प्रतियोगिता सञ्चालन गरेर शिक्षक र विद्यालयको बीचमा सामिप्यता बढाउने कार्य गरेको भन्दै विद्यालयलाई धन्यवाद दिनुभएको थियो । साथै उहाले अन्य शैक्षिक प्रतियोगिता पनि आयोजना गर्न सुझाव पनि दिनुभयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद दवाडी ले पनि आफ्नो मन्तब्य ब्यक्त गर्नुभएको थियो भने कार्यक्रममा राष्ट्रिय रेफ्रि गजेन्द्र बन , गैंडाकोट खेलकुद विकास समितिका अध्यक्ष लक्ष्मण कार्की र अन्य अफिसीयलहरु पनि कार्यक्रममा अतिथी रहनुभएको थियो । यसै बिच आइतबार प्रधानाध्यापक चूडामणि शर्मा लगायत अन्य सह प्रधानाध्यापक, विषय प्रमुख लगायतले विजेता शिक्षक तथा कर्मचारीलाई विद्यालय परीसरमा एक कार्यक्रमका बीच विजेता खेलाडिहरुलाई सम्मान गर्नु भएको थियो ।