Find Us

Gaindakot-5, Nawalparasi

Contact us

078-590241

Recent Posts

Categories

जनकमा शैक्षिक सामग्री वितरण

गैंडाकोट । जनक नमुना मावि गैंडाकोटमा शुक्रबार शैक्षिक सामग्री वितरण गरिएको छ।

विद्यार्थीहरुको शैक्षिक उन्नयनका लागि भन्दै गैंडाकोट नगरपालिकाले विद्यालयलाई दिएको झोला, अङग्रेजी डिक्सनरी र कापी वितरण गरिएको हो। विद्यालयका प्रधानाध्यापक चूडामणि शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा एक सयभन्दा बढी कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुलाई झोला, कापी र डिक्सनरी प्रदान गरिएको विद्यालयका शिक्षक नरेन्द्र कमालले जानकारी दिनुभयो । ४० भन्दा बढी विद्यार्थीहरुलाई झोला, १५ जनालाई डिक्सनरी र ५० जनालाई कापी वितरण गरिएको अतिक्ति क्रियाकलाप विभागका संंयोजकसमेत रहनुभएका शिक्षक कमालले बताउनुभयो । त्यसैगरी विद्यालयले सञ्चालन गरेको कक्षा ११ र १२ को विज्ञान संकायतर्फ प्रथम हुने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक लिलाधर कंडेलले गर्नुभएको थियो ।