Find Us

Gaindakot-5, Nawalparasi

Contact us

078-590241

Recent Posts

Categories

विदाइ कार्यक्रम सम्पन्न

गैंडाकोट। जनक माध्यमिक विद्यालयले शिक्षक विदाई कार्यक्रम सम्पन्न गरेको छ । विगत ३२ वर्ष देखि निम्न माध्यमिक तहको अंग्रेजि विषय अध्यापन गराइरहनु भएका शिक्षक श्री खेमराज तिवारी लाई विदाइ गरेको हो।

विद्यालयको प्राङ्गणमा सम्पन्न भएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम गरी विदाइ गरिएको हो ।कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकले फुलमाला तथा अविर लागई शिक्षक तिवारीको सुखद् भविष्यको कामना गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन भक्त अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष शंकर आचार्य, विद्यालय व्यवस्थापन समिति सदस्यहरु, विद्यालयका प्रधानाध्यापक, सह प्रधानाध्यापक लगायत शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अध्यक्ष अधिकारी र प्रधानाध्यापक शर्माले शिक्षक तिवारीको उज्ज्वल तथा सुखमय निवृत्त जिवनको कामना गर्नु भएको थियो ।