
कार्तिक २४ गैंडाकोट । नारायणगढ बुटवल सडक परियोजनाले आइतबार गैंडाकोट स्थित जनक माध्यमिक विद्यालयमा शैक्षिक सामग्री सहयोग गर्नुका साथै विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरेको छ ।
सहज सामुदायिक अस्पताल गैंडाकोटको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको समन्वयमा जनक माविको प्रावि शाखामा भएको कार्यक्रममा ५० जना विद्यार्थीको स्वास्थ्य जाँच गरिएको थियो । सो अवसरमा १०० जना विद्यार्थीलाई झोला, कपि कलम सहित खेल सामाग्री प्रदान गरेको विद्यालयका प्रावि शाखा प्रमुख वामदेव घिमिरेले जानकारी दिनुभयो ।
जनक माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदनभक्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गैंडाकोट नगरपालिका शिक्षा शाखा अधिकृत मोती रिजाल, गैंडाकोट ४ का वडाअध्यक्ष कृष्णप्रसाद न्यौपाने, वडा सदस्य तेजप्रसाद घिमिरे, विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा लगायत चाईनिज प्राविधिकहरुको उपस्थिती रहेको थियो ।